पाँच वर्षे कार्यकाल विकासका दृष्टिले उपलब्धिमूलक रह्यो : बिना मगर
कञ्चनपुर /२६ कात्तिक
नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिना मगरले पहिलो प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल विकासका दृष्टिले उपलब्धिमूलक रहेको बताउनुभएको छकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बन्नुभएका मगरले बितेको पाँच वर्षमा कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ मा विकास निर्माणको आधारको जग बसेको र कतिपय ठूला र बहुवर्षीय आयोजनाहरू कार्यान्वयन भईरहेको बताउदै अधिकांश साना आयोजनाहरूको निर्माण सम्पन्न भएको पनि बताउनुभएको छ । कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मतदाताका घरदैलोमा पुग्दा उहाँको पक्षमा जनलहर बढ्दै गईरहेको छ ।
हिजो आज तिव्र चुनावी प्रचारप्रसारमा रहेका वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य बीना मगर तथा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताको समेत चाहना बढेको प्रचारप्रसार संयोजक मानबहादुर रोकायाले जानकारी दिए ।


Comments are closed.