बेलौरीका पुर्व प्राचार्य भन्छन्” बिना मगरले चुनाव जितेपछि क्षेत्रको विकास हुन्छ”
कञ्चनपुर/ बेलौरी जनज्योती माविका पूर्व प्राचार्य लाल बहादुर रावतले
बिना मगरले चुनाव जितेपछि १ नम्बर क्षेत्रको विकास हुने दावी गरेका छ्न ।चुनाव प्रचारको सिलसिलामा बेलौरी नगरपालिका ८ कलकत्ता पुगेकी बिना मगरलाई बेलौरी पुर्व शिक्षक एव जनज्योती माविका प्राचार्य लाल बहादुर रावतले आर्शिवाद दिदै यस्तो बताएका हुन ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र तिनका उम्मेदवार चुनावी मैदानमा होमिएका छन । मत माग्नका लागि उम्मेदवार सहित राजनीतिक दलहरुले जनताको घरदैलो केन्द्रीत कार्यक्रम अघि बढाएका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बिन्दु रानाले समेत जनताको घरदैलो केन्द्रीत गरेका छन ।
बेलौरी क्षेत्रका बुद्धिजिवी शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका रावतले बिना मगरले जितेपछि क्षेत्रको विकासले तिव्रता पाउने बताएका हुन ।
‘मैले भने बिना मगर जी ठुलो रुख बुझ्नुहोस किनभने त्यो छायाँदार व्यक्तित्व हुन, प्रचण्ड जीको बुहारी हुन, प्रचण्ड सत्तामा नभएपनि प्रधानमन्त्री हुन, ‘बिना मगरसंग व्यक्तित्व छ ।’ प्राचार्य रावतले पुर्वमन्त्री मगरलाई पुन शुभकामना दिदै जितेर आउन आव्हान गर्नुभयो ।
‘बिना मगरले चुनाव जितेपछि हाम्रो क्षेत्रको विकासमा तिव्रता आउँछ, ‘पुर्व प्रअ रावतले भने, ‘ बिना मगर सिधै शक्ति केन्द्रसंग जोडिएको बताउदै उनले अहिले जितेपछि थप विकासको अपेक्षा गर्नुभयो ।
दक्षिणी क्षेत्रको शिक्षामा लामो समय योगदान पुर्याएका रावलको आर्शिवाद पाएपछि वाम-लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार मगर सहितका गठबन्धनका नेता कार्यकर्ता हर्षित भएका छन ।



Comments are closed.