web analytics

जनताको मुक्तिका लागि पटक पटक जेल परेका संघर्षशिल नेता बीर बहादुर थापा ‘पातल’ प्रदेश सभा सदस्यको यात्रामा !

लाल बहादुर एस.के.
कञ्चनपुर, १९ कार्तिक
बीर बहादुर थापा(पातल) कञ्चनपुरको राजनीतिक बृत्तमा चर्चित नाम हो । पुनर्वास ग्रामिण भेगका थापाले जिल्लादेखि केन्द्रसम्म राजनीतिक पहुँच बनाएका छन । निरन्तर तीन दशक राजनीतिमा सकृय रहेका थापा अहिले चुनावी मैदानमा होमिएका छन ।                         
जनताको मुक्तिका लागि सरकारी शिक्षकको जागिरलाई तिलान्जली दिएर जनयुद्धमा होमिएका एमाले युवा नेता थापा अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्यको यात्रामा छन । तीन दशकदेखि निरन्तर राजनीतिमा सकृय रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र १(क)बाट प्रदेश सभा सदस्यको यात्रामा होमिएका हुन ।
०४८ सालमा तत्तकालिन माओवादीको अखिल क्रान्तिकारीबाट राजनीतिमा प्रवेस गरेका थापा अहिले एमालेबाट प्रदेश सभा सदस्यको यात्रामा छन ।थुप्रै राजनीतिक संघर्ष, जेल जिवन, पक्राउदेखि युद्ध मैदानमा होमिएका थापाले संघर्षशिल जिवन छ । उनी जती संघर्षशिल छन, सो अनुरुप राजनीतिक लाभका पदमा छैनन ।                                                             
०५२ सालदेखि ०५६ सम्म निरन्तर सरकारी विद्यालयमा शिक्षण गरेका थापा ०५७ सालमा तत्तकालिन माओवादीले परिर्वतनका लागि अघि सारेको जनयुद्धमा होमिएका थिए । ०५१ देखि ०५३ सम्म अखिल क्रान्तिकारीको अध्यक्ष भएका थिए । ०५८ सालमै गिरफतार भएका थापा ०५८ देखि ०६१ सम्म जेल जिवन विताए ।                                           
०६१मा जेलब्रेक गरेका थापा पुन ०६१ कार्तिकतिरै पक्राउ गरेर जेल परे । दुई पटक राजनीतिक बन्दीका रुपमा जेलमा परेका थापा ०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि मात्रैजेलमुक्त भएका थिए । पार्टीको एसिया कमिटि सदस्य हुँदै जिल्ला अध्यक्षसम्मको भूमिका निर्वाह गरेका थिए । ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पुनर्वासमा तत्तकालिन माओवादीबाट उम्मेदवार भएका थापा झिनो मतले पराजित भएका थिए । नेताको नजरमा नपरेका थापा जनताको नजरमा पहिल्यै परेका छन ।                           
०६३ सालमा माओवादीको जिल्ला सदस्य, भीमदत्त नगर इन्चार्ज, विभिन्न जिल्लाको जिम्मेबारी, ०६७ सालमा जिल्ला नेतृत्व सम्हालिसकेका थिए । ०७५ सालमा नेकपा माओवादी केन्द्र र एमालेविच एकता भएर बनेको नेकपाको नेतृत्व समेत थापाले गरेका थिए । एमाले जिल्ला अध्यक्ष र त्यसपछि गत बर्ष पराजित भएका थिए । अहिले एमाले जिल्ला सचिवालय सदस्य रहेका छन । हरेक राजनीतिक संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थापा भने अभागी नेता हुन । थापा जुन पाटीमा हुन्छन, त्यहीपाटीबाट उनलाई साँगठानिक राजनीतिक जिम्मेबारी बाहेक अन्य राजकीय जिम्मेबारी दिदैनन । जिवनको अत्यन्तै उर्बरा उमेर राजनीतिमा दिएका थापाप्रति जनताको समेत साथ सर्मथन रहेको छ ।                                                                         
थापाले लालझाडी–पुनर्वासलाई सडक सञ्जालसंग जोड्दै स्तरिय सडक विस्तार गर्ने, मोहनापुल डोके बजार भन्सारलाई कंचनपुरको नाका अन्तर्गत ल्याउने, जंगली जनावर नियन्त्रण गर्ने, भूमिहिन, आरक्षपीडित, मुक्त कमैया, हलिया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने, सहिदहरुलाई राष्ट्रिय सम्मान गरी परिवारहरुको उचित ब्यबस्थापन गर्ने र शहिद गोबिन्द गौतमको स्मारक उद्यानको स्तरउन्नति तथा राष्ट्रिय पहिचान स्थापित गर्न सडक देखि सम्पुर्ण पुर्वाधार बिकास गर्ने, खुल्ला सिमाको उचित ब्यबस्थापन गर्ने,  युवा बेरोजगारी अन्त्य गर्ने, व्यवस्थित शहरीकरण गर्ने, कृषिको विकास, सिँचाई प्रंणालीको सुधार गर्दै कृषिमा आधुनिकरण, प्राकृतिक स्रोत साधनमा स्थानीयको पहुँच बृद्धि गराउने, सीमा सुरक्षा गर्ने, दोदा नदीको कटानी नियन्त्रण गर्ने, विद्युतको सप स्टेशन स्थापना, शिक्षा, स्वास्थ्य खानेपानी विद्युत संचारको विकास गर्ने, उक्त क्षेत्रका सबै समुदायको धार्मिक, साँस्कृतिक ऐतिहासिक क्षेत्रको विकास गर्ने एजेण्डा अघि सारेका छन । ‘हेर्नुहोस अहिले धेरै ठुल ठुला कुरा गरेर जनतालाई सपना बाँड्नु भन्दा सक्ने जति गर्ने हो, ‘थापाले भने, ‘आशा छ, मेरो राजनीतिक संघर्ष, त्याग र जनताका लागि गरेको कुर्बानीबाट मलाई सबैले साथ दिनेछन ।’                                                                         

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.