समग्र विकासका लागि मेराे उमेद्वारी: दीपा चाैधरी
-लाल बहादुर एस.के.
पुनर्वास, कार्तिक ०७। महिला हक अधिकार सहित कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे समग्र बिकासका लागि अाफ्नाे उमेद्वारी रहेकाे दीपा चाैधरीले बताएकी छिन । नेकपा माअाेवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उमेद्वार रहेकी दीपा चाैधरीले अाफुले विकासलाई तिब्रता दिने बताएकि छिन ।
नेकपा माअाेवादीकाे केन्द्रिय सदस्य समेत रहेकी दीपा चाैधरी लामाे समय देखि कञ्चनपुरमा पार्टीकाे नेतृत्व समेत सम्हाल्दै अाएकि छिन । खुल्ला सिमाना नाका ब्यवस्थापन , छाेटी भन्सार सञ्चालन , शिक्षाक्षेत्रमा विकासका , महिलालाई अात्मनिर्भर बनाउन सीपमूलक तालिम, कृषी क्षेत्रमा लगायतकाे अाफ्नाे याेजना रहेकाे उनी बताउछिन् । समाजमा हुने विभिन्न किसिमका विकासमुलक क्रियाकलापहरुमा आफू सक्रिय रुपमा लाग्दै अघि बढ्ने उनि बताउँछिन । महिलालाई नेतृत्व दिएर इमान्दारीका साथ काम गरी देखाउने अवसर जुटाई दिनु हुन सबैमा अनुराेध गरेकिछिन ।
आफू थारु समुदायको महिला भएकाे र महिलाकाे समस्या बारे अाफु जानकार भएकाले महिलाकाे हक अधिकार स्थापित गर्न नबिर्सिने समेत बताउनु हुन्छ । त्यस्तै विशेष दलित हक अधिकार सम्बन्धी आफू लामो समयदेखि ती मुद्दाहरु उठाउँदै आएको समेत बताएका छन् । आफू पहिलोपटक चुनावी मैदानमा उत्रेकाे समेत बताउँछिन् । आफूलाई जुन किसिमले नेकपा माओवादी केन्द्रले विश्वास गरेको छ यही विश्वासका साथ विजयी भई आफ्नो निर्वाचन क्षेत्रमा समग्रमा विकास गर्ने कुनै किसिमको कमी नहुने प्रतिवद्धता समेत जनाएकी छिन ।


Comments are closed.