web analytics

कञ्चनपुरमा पुराना एमाले नेता तथा कार्यकर्ताद्वारा पार्टी त्याग गर्ने सिलसिला कायमै

कञ्चनपुर/ कञ्चनपुरका पुराना एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी त्याग गर्ने सिलसिला कायमै राखेका छ्न । हिजो आइतबार संयुक्त रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्वासका पुराना नेता तथा कार्यकर्ताहरुले राजिनामा लेखेर पार्टी छाडेको घोषणा गरेका हुन । यसरी पार्टी त्याग गर्नेहरुमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य रामचन्द्र नेपाल, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पदम प्रसाद शर्मा,नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी पूर्व सल्लाहकार सदस्यद्वय श्यामलाल सुवेदी र शंकर बहादुर के.सी. रहेका छ्न । आफुहरु कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र रुपमा रहने जानकारी समेत गराएका छ्न ।
उनीहरूले हाल आएर पार्टीभित्र सिद्धान्त र व्यवहारमा तालमेल नभएको, विचारहीन अवसरवाद हावी भएको र पार्टीविरुद्ध लागेकाहरू नै पुरस्कृत हुनु अत्यन्त दुखद कुरा भएको राजिनामा पत्रमा उल्लेख गरेका छ्न ।
राजिनामा पत्रमा पार्टी निर्माण गर्ने, अप्ठ्यारो बेलामा पार्टी बचाउने, अवसरभन्दा आन्दोलनको पक्षमा निरन्तर जुटेका कार्यकर्ताले बगाएको रगत, पसिना त्याग र इमान्दारिताको मुल्यांकन नभएको दुखेसो समेत व्यक्त गरेका छ्न । यस्तो अवस्थामा अपमानित कुण्ठित एवं उपेक्षित भएर कुनै कार्यकर्ता कहिलेसम्म पार्टीमै बसिरहन सक्छ ? भनेर प्रश्न समेत गरेका छ्न । राजीनामा पत्र सामाजिक सञ्जालमा राखे लगत्तै आफूलाई थुप्रै अविश्वसनीय आश्वासन आएको तर आफूले विश्वास नगरेको नेता रामचन्द्र नेपालले बताए ।
यस भन्दा अघि एमालेका पुराना नेता खेम सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीलाई राजिनामा दिएका थिए । उनले एमालेमा आफ्नो भविष्य नदेखिएका कारण पार्टी छाडेको बताएका थिए । झण्डै चारदशक एमालेमा रहेर काम गरेका सुवेदी किसान नेताको रुपमा परिचित थिए । उनले कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छ्न ।त्यसैगरी नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर करिब पैतिस वर्षदेखि काम गर्दै आएका भक्तबहादुर अधिकारीले पनि गत हप्ता राजिनामा दिए । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत राजिनामा दिएका थिए । टिकट वितरणमा आफ्नो असन्तुष्टी रहेको बताउँदै नेता अधिकारीले पार्टी छाडेको बताएका छन । नेता अधिकारीले कञ्चनपुर १ (क)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरि नेकपा एमाले प्रदेश सदस्य नीलदेव पोख्रेलले पनी मङ्गलबार पार्टीबाट साधारण सदस्यता समेत नरहने गरि राजीनामा दिएका छन । करिब तीन दशक भन्दा बढी समयदेखि एमालेका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका पोख्रेल कञ्चनपुरका पुराना नेता हुन ।
यसैगरी गत हप्ता नै नेकपा एमाले कञ्चनपुरका नेता टेक बहादुर हमाल र जयराज पाण्डेले पनी संयुक्त रूपमा पार्टी परित्याग गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.