पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्
कञ्चनपुर/१० पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्न भएको छ । सोमबार घटस्थापनाको अवसरमा नवनिर्मित सो मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन कार्यक्रम मन्दिर उपभोक्ता समितिका संयोजक भरत बस्नेतको सभापतित्व तथा नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा भएको थियोे । त्यसैगरी विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख भूलिया कुमारी राना, निवर्तमान नगरप्रमुख जीवनराज थापा, पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, पुनर्वास ६
का निवर्तमान वडाध्यक्ष मन बहादुर गुरुङ तथा मन्दिरलाई जग्गा दान गर्नुहुने खगराज बराल लगायत मन्दिरका व्यक्तित्वहरुको उपस्थिति थियो । त्यसैगरी मन्दिर संस्थापक तथा सर्वासाधारणको उल्लेख्य उपस्थिति थियोे । रिबन काटेर ब्यानर वाचन गर्दै नगरप्रमुख तोय प्रसाद शर्माले मन्दिरको उदघाटन गर्नुभएको थियोे । उद्घाटन पश्चात् आफ्नो मन्तव्य राख्नुहुँदै नगर प्रमुख शर्माले सबै समुदायलाई आआफ्नो धर्मको अभ्यास र संरक्षण गर्ने अधिकार भएको तर अरुको धर्म परिवर्तन गर्न र गराउन संविधानले मनाही गरेको स्मरण गराउनुभयो । पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामाले वडा कार्यालयले विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा आफूपनि सहयोगको सन्दर्भमा सकारात्मक रहेको प्रष्ट्याउनुभयो ।
जग्गादाता तथा मन्दिरका संस्थापक पुनर्वास-६ निवासी खगराज बरालले मन्दिरको इतिहास र मन्दिर निर्माण गर्नुपर्ने परिस्थितिका बारेमा प्रष्ट पार्नुभएको थियोे ।
मन्दिर समितिका अध्यक्ष तथा सभाका सभापति भरत कुमार बस्नेतले
पुनर्वास नगरपालिकाको एक लाख र सुदुरपश्चिम प्रदेश सरकारको १० लाख लागतमा मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । त्यस अवसरमा मन्दिरलाई जग्गादान गर्नुहुने खगराज बराल र उहाँकी धर्मपत्नीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
हेर्नुस् कार्यक्रमको भिडियो …



Comments are closed.