कञ्चनपुरकि श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको “यो माया” को म्युजिक भिडियो युटुबमा रिलिज
काठमाडौं/५ फागुन ।
कञ्चनपुर पुनर्वासकि गायिका श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको “यो माया” को म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । रिलिज भएको हप्ता दिनमै लाखौ दर्शकको मन जित्न सफल सो गितमा श्रद्धालाई गायक प्रताप दासले साथ दिएका छ्न ।
कञ्चनपुर पुनर्वासमा जन्मभूमि भएपनि काठमाडौलाई कर्मभूमी बनाएकी श्रद्धा करिब एक दशकदेखि संगीत साधनामा व्यस्त छिन । संगीत विषयमा स्नातक गरेकी उनले अहिलेसम्म चारदर्जन भन्दा बढि गितहरुमा स्वर दिईसकेकी छिन । चलचित्र “प्रपञ्च” को ‘मुटुमा सास फेर्ने आधार’ यस अघि उनको चर्चामा रहेको गित हो ।
“यो माया” गितलाई दिनेश सुवेदीले रचेका हुन भने राई सन्तोषले संगीत भरेका हुन । म्युजिक भिडियोमा श्रीदेव भट्टराई र गीता ढुंगानाले अभिनय गरेका छ्न । केशवराज भट्टले निर्देशन गरेको सो म्युजिक भिडियोलाई ओएसआर डिजिटल नामक युटुब च्यानलबाट हेर्न र सुन्न सकिन्छ । हेर्नुस् भिडियो ….


Comments are closed.