web analytics

पुनर्वासका सबै निर्वाचन स्थलको नगर उप-प्रमुख भुलिया राना द्दारा निरीक्षण !

३ मंसिर, कंचनपुर

कंचनपुरको पुनर्वास नगरपालिकाको नगर उप- प्रमुख भुलिया रानाले पुनर्वास नगरपालिका अन्तर्गतका सबै मतदान स्थलमा निरीक्षण गर्नु भएको छ। कंचनपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुनर्वास नगरपालिका अन्तर्गतका मतदान स्थलहरूमा उहाँले अनुगमन गर्नु भएको हो।                                                               

पत्रकारहरुको टोलि सहित निरीक्षणम जानु भएको उप-प्रमुख रानाले हाल सम्म भएको तयारी सम्बन्धमा जानकारी लिनुका साथै शान्तिसुरक्षा ब्यबस्था तथा अन्य ब्यबस्थापनको बारेमा पनि निरीक्षण गर्नुभएको छ। मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सँग कुरा गर्दै उँहाले मतदानलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसुर बाकि नराख्न समेत आग्र गर्नुभयो। कुनै पनि ब्यबस्थापनमा अफ्ट्यारो परेमा नगरपालिका समन्वय तथा सहयोग गर्न तयार रहेको बताउदै उप-प्रमुख रानाले बिना अफ्ट्यारो समन्वय गर्न अनुरोध समेत गर्नुभएको छ।                                     

उप-प्रमुखको भ्रमणले आफुहरुलाई थप आत्मबल र प्रोत्साहन मिलेको बताउदै सबै मतदान अधिकृतहरुले उप-प्रमुख रानालाई धन्यवाद समेत दिएका छन।साथै मतदान अधिकृतहरुले निर्वाचनमा मतदान गर्न आउँदा अपनाउने समपुर्ण नियमको पालना गर्न आम मतदातहरुलाई समेत अपिल गरेका छन। मतदान समयमा हातहतियार, मोबाइल, आगजन्य सामग्री सलाई, लाईटर इत्यादि लिन सख्त मनाहि गरिएको छ।                                                                                  जम्मा ५२ वटा मतदान स्थल रहेको निर्वाचन क्षेत्र नं. १ मा १ सय १९ ओटा मतदान केन्द्र र ९९ हजार १ सय दश जना मतदाता रहेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.