web analytics

कञ्चनपुरमा आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, तीनको मृत्यु

कञ्चनपुर/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार बिहान ठोक्किएको थियो। दुर्घटना परी अन्य २४ घाइते भएका छन्।
महाकाली यातायातको बस र ट्रक आपसमा ठोक्किँदा कञ्चनपुरका २ जना ज्यान गएको यातायात समितिका अध्यक्ष डम्मरराज पन्तले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा शुक्लाफँटा नगरपालिका–४ का ४० वर्षीय रंगी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन्। यस्तै बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदीको पनि मृत्यु भएको उनले बताए। दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.