पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोड प्रयास
कञ्चनपुर, १६ पुस ।
पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोडको प्रयास गरिएको छ । पुनर्वासको आईबिआरडी नजिक पैसट्ठि बिगाह वरपर विद्युत पोलमा लगाईएको सडक बत्ती तोडफोड गर्ने प्रयास गरिएको हो । गएराती ५/६ जनाको समूहले सडक बत्तिहरुमा ढुंगामुढा गरि तोडफोड गर्ने प्रयास गरेपनी स्थानीयले होहल्ला गरेपछि भागेका छ्न ।
सडक बत्ती तोडफोडको घटनाले कुनै अप्रिय घटना हुनसक्ने भन्दै स्थानीय सशंकित बनेका छ्न । र सुरक्षा निकायसँग सुरक्षाको माग गरेका छ्न ।
यस घटनालाई आफुले गम्भीरतापूर्वक लिएको र अपराधीहरुलाई यथासिघ्र पक्राउ गरी कार्वाही गरीने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज कैलास सिंह बिष्टले बताउनुभयो ।


Comments are closed.